
काठमाडौं, १९ असोज । न्यादी हाइड्रोपावरको आइपीओमा लगानी गर्नका लागि आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले असोज १५ गतेदेखि सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबारसम्म १८ लाख ९३ हजार ९५७ वटा आवेदन परेका छन् । २ अर्ब ४० करोड ८९ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ८९ हजार ९४० कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले असोज १५ गतेदेखि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको थियो । उक्त शेयरमध्ये ४५ हजार कित्ता कर्मचारीहरुका लागि रहेको छ । १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । त्यसबाट बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणका लागि रहेको छ ।
मागभन्दा बढी आवेदन परिसकेकोले आज आवेदन दिनका लागि अन्तिम मौका रहेको छ । यसका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा घटीमा १० कित्ता तथा बढीमा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ । स्थानिय वासिन्दाका लागि १५ करोड, संस्थापक शेयरधनीहरुका लागि ३ करोड र सर्वसाधारणका लागि २२ करोड ५० लाखको शेयर निष्काशनपछि चुक्ता पूँजी १ अर्ब ५० करोड पुग्ने भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




