ह्वात्तै बढ्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     असाेज १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ असोज । साताको कारोबार हुने तेश्रो दिन मंगलबार सुनको भाउ ह्वात्तै बढेको छ । चाँदीको भने स्थिर रहेको छ । छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भएको छ । चाँदी सोमबारकै भाउमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले बढेर प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८९ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी सोमबारकै भाउ प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको छ ।