
काठमाडौं, २० असोज । नेपाल सरकारले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबारकाे मन्त्रीपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
मन्त्री परिषद्ले गरेका निर्णयको बारेमा सरकारका प्रवक्ता तथा कानून मन्त्ती ज्ञानेन्द्र बहादुर कार्किले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको बताएका हुन् ।
केहि समय अगाडी सर्वोत्तम सिमेन्टको शेयर कारोबारको प्रकरणमा मुछिएपछि सरकारले उनलाई निलम्वनमा राखेर छानबिन शुरु गरेको थियो । सिमेन्टको ओटिसी बजारमार्फत गलत किसिमले खरिद गरेको र ५१ वटा कम्पनीलाई जोखिममा रहेको भन्दै शक्तिकेन्द्रकाे आडमा सूची प्रकाशन गरेको, शेयर बजारमा गैह्र कानूनी काम गरेको, आर्थिक फाइदा लिएको लगायतका आरोपहरु उनीमाथि लागेका थिए ।
ढुंगानाले सरकारले मागेको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि बर्खास्त गर्ने निर्णय गरेको हो । बुक बिल्डिङबाट साधारण शेयर बिक्री खुल्ला गर्ने पहिलो कम्पनी बन्ने दाउमा रहेको सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा उनी मुछिएका थिए ।
ढुंगानाले बोर्डको अध्यक्ष भएको बेलामा अमेरिकामा रहेकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको शेयर ओटिसी बजारबाट खरिद गरेका थिए । यहि शेयर प्रकरणमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि मुछिएपछि उनले नैतिकताको आधार देखाउँदै राजिनामा दिएका थिए । तर ढुंगानाले भने गल्ति स्वीकार गरेका थिएनन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



