फेरि घट्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     असाेज २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० असोज । साताको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । छापावाला सुनमा रुपैयाँ ४०० ले गिरावट भएको छ । चाँदी मंगलबारकै भाउमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले घटेर प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ८९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी मंगलबारकै भाउ प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।