बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     असाेज २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ असोज । साताको कारोबार हुने पाँचौ दिन बिहिबार सुनचाँदीको भाउ फेरि बढेको छ । अघिल्लो दिन रुपैयाँ ४०० ले घटेको छापावाला सुन यसदिन रुपैयाँ ५०० ले बढेको छ भने चाँदीमा १० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भएर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । यसरी बढेको चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।