सामलिङ पावरले कार्तिक ४ गतेदेखि ७ करोड ३० लाखको आइपीओ बिक्रीमा ल्याउँदै

-



     सफल आवाज    
     असाेज २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ असोज । सामलिङ पावर कम्पनीले कार्तिक ४ गतेदेखि सर्वसाधारणका लागि ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको छ । कम्पनीका अनुसार १०० रुपैयाँ मूल्य अंकित ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिने भएको हो ।

निष्काशन हुने कुल शेयरको २ प्रतिशतले हुने १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ । त्यसबाट ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ । सर्वसाधारणले बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् ।

लगानीतर्काहरुले शेयरमा लगानी गर्नका लागि कार्तिक ८ गतेसम्म आवेदन दिनुपर्ने मिति तोकिएको छ । उक्त मितिसम्म माग बमोजिमको आवेदन नपरेको खण्डमा कार्तिक १८ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले कम्तिमा १० कित्ता तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ । लगानी गर्न चाहने लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएका सिआस्वा सदस्य रहेका वित्तीय संस्था तथा बैंकहरु र शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।