
काठमाडौं, २२ असोज । आजदेखि सिटिजन्स बैंक इन्टरनेशनलको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरणको लागि बैंकले बुक क्लोज गरेसंगै नेप्सेबाट शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम भएकाे हाे ।

नेप्सेले बैंकको १२.९१ प्रतिशत बोनस शेयरलाई समायोजन गरेको छ । समायोजन भएपछि शेयरमूल्य ३५२ रुपैयाँ ४८ पैसा भएको छ । अघिल्लो कारोबारको बेला शेयरमूल्य ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
बैंकले आगामी साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट १२.९१ प्रतिशत बोनस शेयर तथा ३.०८ प्रतिशत नगद लाभांशसहित १५.९९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएपछि वितरण गर्नेछ ।
बैंकको नयाँ कायम भएको शेयरमूल्यको आधारमा आईतबारबाट शेयर कारोबार खुल्ने भएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




