सुनको भाउ उकालो लाग्दै, चाँदीको स्थिर

-



     सफल आवाज    
     असाेज २२ गते २०७८ मा प्रकाशित



कठमाडौं, २२ असोज । हामी यतिबेला चाडपर्वको माहौलमा छौं । वडादशैं शुरु भईसकेको छ भने यसपछि तिहार, छठ, नेपाल संवत, ल्होसार लगायतका पर्वहरु आउँदै छन् ।

नेपाली समाजमा चाडपर्वको बेलामा गच्छेअनुसार गरगहना लगाउने, इष्टमित्र र आफन्तसंगको भेटघाट बाक्लै हुने गर्छ । वर्षाको थकानपछि चावपर्वको मेलो सर्ने भएकोले बजारमा पनि निकै चहलपहल पनि बढ्ने गर्दछ ।

यो बेला कोरोनाको संक्रमण पूर्ण रुपमा निष्तेज नभएकोले स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई लागू गरेर आफ्नो दैनिकी चलाउन अति आवश्यक छ । सरकारले पनि यहि कुरा सुझाई रहेको छ ।

साताको कारोबार हुने छैटौं दिन शुक्रबार छापावाला सुनमा २०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भई प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने यसदिन स्थिर रहेको छ । स्थिर रहेको चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको छ । बिहिबार पनि चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा नै कारोबार भएको थियो ।