नेप्से दोहोरो अंकले घट्याे, ४ अर्ब ४९ करोड बढीको कारोबार

-



     सफल आवाज    
     असाेज २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ असोज । साताको पहिलो कारोबार भएको दिन आईतबार शेयर बजारमा करेक्सन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि खासै बढ्न सकेकाे देखिएन। जस्काे कारण लगानीकर्ताहरु खुसि हुन सकेनन् ।

नेप्से परिसूचक १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा झरेको छ । नेप्से ०.६९ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ४.९६ अंकले घटेर ४९९.७८ विन्दुमा रहेको छ ।

कुल २२० वटा कम्पनीको कारोबार भएको छ । ७२ लाख ५१ हजार ७४४ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आईतबार १३ उपसमूहमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । उनहिरुमा फाइनान्स, जीवन बीमा र म्युचुअल फण्ड रहेका छन् । बाँकी १० उपसमूह राताम्मै भएका छन् । उनीहरुको शेयर घटेको छ ।

वित्त ६.७६, जीवन बीमा ७३.८६ र सामूहिक लगानी कोष ०.११ अङ्कले घटेको छ । बैंकिङ ६.३३, व्यापार १४.३७, होटल तथा पर्यटन ५८.४, विकास बैंक ५८.०२, जलविद्यसत् ३३.०५, निर्जीवन बीमा ५३.३१, उत्पादन २०५.९५, अन्य २७.६५, लघुवित्त ४५.९२ र लगानी ०.६१ अङ्कले घटेको छ । कारोबारका आधारमा महिला लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु १८ करोड ९३ लाख ४९ हजार ४१५ बराबरको कारोबार भयो ।

जीवन विकास लघुवित्त रु १८ करोड ३८ लाख ८३ हजार ९०५, नेपाल बङ्गलादेश बैंक रु १५ करोड २७ लाख ३५ हजार ९२६, हिमालयन डिस्टिलरी रु १३ करोड २५ लाख ३९ हजार ३३२ र नबिल बैंक रु ११ करोड ४७ लाख ५५ हजार ८७२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार मैलुङखोला जलविद्युत् कम्पनी ९.९८, जीवन विकास लघुवित्र ९.५०, महिला लघुवित्त ९.३७, सर्पोट माइक्रोफाइनान्स ७.८०, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ७.७३ प्रतिशतले कमाए । शिवम् सिमेन्ट ६.४६, माउण्टेन हाइड्रो ६.४४, रिडी हाइड्रोपावर ६.४२, आशा लघुवित्त ५.७५ र सिटिजन बैंकका लगानीकर्ताले ५.३८ प्रतिशतले गुमाए ।