दशैं अघिको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट

-



     सफल आवाज    
     असाेज २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ असोज । साताको कारोबार हुने दोश्रो दिन तथा दशैं बिदाभन्दा अगाडीको अन्तिम कारोबार हुने दिन सोमबार नेप्से ओरालो लागेको छ । अब नेप्सेमा असोज ३० गतेबाट कारोबार पुनः शुरु हुनेछ ।

१३ उपसमूहमध्ये म्युचुअल फण्डको ०.३८ प्रतिशत र लगानी उपसमूहको १.०७ प्रतिशतले बृद्धि भएको छ । बाँकी ११ उपसमूहरु राताम्मै भएका छन् । कारोबार रकममा पनि गिरावट भएको छ ।

वडा दशैंको पाँचौ दिन शेयर वजारको कारोबार के होला ? भनेर लगानीकर्ताहरुमा उत्सुकता भईरहेको बेलामा दशैंमा लगानीकर्ताको मन अमिलो भएको छ । अब दशैं पछिका दिनहरुमा सुधार आउला भनेर पर्खिनु बाहेकको अर्को विकल्प पनि छैन ।

यसदिन नेप्से परिसूचक २३.१९ अंकले घटेर २६३९.१७ विन्दुमा झरेको छ । नेप्से ०.८७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.५६ अंकले घटेर ४९४.२२ विन्दुमा पुगेकाे छ ।

कुल २१९ कम्पनीको शेयर कारोबार भएको छ । ९३ लाख १४ हजार ७८० कित्ता शेयरको कारोबारबाट ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर बढेको छ । बाँकी ११ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमाको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको १७ करोड १३ लाख ८५ हजार ३१८ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।