
तनहुँ, २८ असोज । व्यासनगरपालिका-१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ ।
सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरी सहित ९० घार पुर्याइसक्नु भएको छ । ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्ये कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढेका उनले ‘दामसंगै नाम पनि कमाउन सफल बनेका छन् । साढे दुई आनाको बनेको घरको छत, बरण्डा पेटी, एक रोपनी जमिनमा मौरी पालन गरेर मह र मौरी बिक्री गरेर बार्षिक रु आठ लाख ५० हजार आम्दानी भएको उनले जानकारी दिए।
बिगत एक दशकदेखि सो व्यवसायमा लागेका जिल्लाका मौरी पालक नमुना कृषक मध्येमा व्यवसायी मिश्र पर्ने गरेकोले मौरी पालन गर्नेलाई उनको फार्म देखाएर ज्ञान दिने गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। केन्द्रबाट ४० घार अनुदान पाएकोले व्यवसाय बृद्धि गर्न सहज हुनुका साथै व्यवसायमा सफलता मिलेको किसान मिश्रले बताए।
पछिल्लो समय उनको मह तथा मौरी किन्न ग्राहक घरमा नै आउने गरेका छन् । मह मानाको रु एक हजारका दरले ४०० माना मह घरैबाट बिक्री गरिएको छ । उनले भने “यस बर्ष पानी धेरै परेकोले मौरीले मह सङकलन गर्न नसक्दा डेढ लाख कम नाफा भएको छ । ”यस बर्ष पानी धेरै परेकोले फूलको रस बगाउँदा मौरीले धेरै मह सङ्कलन गर्न नसक्दा कम नाफा भएपनि निराश नभएको उनले बताए।
पछिल्लो सयम मौरी पाल्न चाहने किसानलाई प्रतिघार रु.दश हजारमा बिक्री गर्नुका साथै मौरी कसरी पाल्ने, कसरी जोगाउने भन्ने लगायतका बिषयमा पनि जानकारी दिने गर्न थालेका छन् । उनले भने “कर्म गर्न लाज मान्नुहुन्न स्वदेशमै विदेशको भन्दा बढी कमाई गर्न सकिन्छ ।








काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका… 




