
काठमाडौं, ३१ असोज । असोज महिनाको अन्तिम कारोबार हुने दिन तथा दशैकाे बिदा पछिकाे पहिलाे दिन आईतबार शेयर बजार सकारात्मक लयमा देखिएको छ । शेयर बजारमा हरियाली छाएकाे छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक १७.५९ ले अंकले बढेर २६५६.९६ विन्दुमा पुगेको छ । नेप्से ०.६७ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ३.१७ अंकले बढेर ४९७.३९ विन्दुमा पुगेको छ । काराेबार रकममा भने सुधार हुन सकेन ।
कुल २१८ कम्पनीको शेयर कारोबार भएको छ । ४७ लाख ६० हजार २९५ कित्ता शेयरको खरिदबिक्रीबाट १ खर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
म्युचुअल फण्डबाहेक सबैमा हरियाली छाएको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाईड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहमा हरियाली छाएको छ अर्थात सबैको शेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । बैंकको ८ करोड ३२ लाख ६७ हजार २१४ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




