
काठमाडौं, १ कात्तिक । आइसिएफसि फाइनान्स कम्पनी लिमिटेडले १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
फाइनान्सको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस तथा कर प्रयोजनार्थ ४ प्रतिशत नगद लाभांशसहित १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
संचालक समितिको सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गरेपछि तथा फाइनान्सको साधारण सभाले पारित गरेपछि वितरण गरीने भएको छ ।
संचालक समितिको २८७ औं बैठकबाट शेयरधनीहरुलाई २०७८ असार मसान्तसम्म कायम रहेको चुक्तापूँजी रु १ अर्ब दुई करोड बयालीस लाख ६५ हजार ८०० को १४ प्रतिशतले हुने रु १४ करोड ३३ लाख ९७ हजार २१२ वितरण गरिने भएको छ ।
बोनस शेयर चुक्ता पूँजीको १० प्रतिशतले हुने १० करोड २४ लाख २६ हजार ५८० रहेको छ । नगद लाभांश चुक्ता पूँजीको ४ प्रतिशतले हुने ४ करोड ९ लाख ७० हजार ६३२ रहेको छ ।
फाइनान्सको बोमस शेयर वितरणपछि चुक्ता पूँजी १ अर्ब १२ करोड ६६ लाख ९२ हजार ३८० रुपैयाँ पुग्नेछ ।









काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




