
काठमाडौं, २ कात्तिक । शेयर कारोबार हुने साताको तेश्रो दिन मंगलबार शेयर बजार सामान्य अंकले बढ्यो ।
प्रि-ओपन सेसनमा नेप्से ०.१८ अंकले बढेर २५८८.२५ विन्दुमा पुग्यो । उक्त अवधिमा सेन्सेटिभ इण्डेक्स भने ०.१६ अंकले घट्यो । उक्त सेसनमा ६ कम्पनीको शेयर कारोबार भयो । ३ कम्पनीको शेयरमूल्य बढेको पाईयो भने २ को शेयरमूल्य घट्यो । बाँकी १ को स्थिर रह्यो ।
यो समाचार तयार पार्दाको दिउँसो सवा १२ वजेको समयमा भने नेप्से ६६.३९ अंकले घटेर २५२१.६७ विन्दुमा झरेको छ । नेप्सेमा २.५७ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ११.३१ अंकले घटेर ४७३.८८ विन्दुमा रहेको छ ।
२०७ कम्पनीको शेयर कारोबार भएको छ । २७ लाख ३८ हजार ९९९ कित्ता शेयर खरिदबिक्री भएको छ । १ अर्ब ४७ करोड १४ लाख ४ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये व्यापार उपसमूहमा हरियो लागेको छ । यो समूहको १.२४ प्रतिशतले बृद्धि भएको छ । बाँकी सबैमा रातो लागेको उनीहरू सबैकाे शेयर घटेकाे छ । तर बजार बन्द हुँदाकाे समयसम्म भने बजार सकारात्मक वा नकारात्मक कुनैपनि हुने संभावान जिवितै रहेकाे हुन्छ ।









धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




