
काठमाडौं, २ कात्तिक । नेपाल राष्ट्र बैंकले १२ करोडको सिमा तोकेपछि सुस्ताएको शेयर बजार अझैं माथि उठ्न सकेको छैन । उसैमा बैंकहरुले निक्षेपमा ब्याजदर बढाएका छन् भने यसको असर शेयर बजारमा परेको देखिएको छ ।
साताको तेश्रो दिन मंगलबार नेप्से परिसूचक ७७.३३ अंकले घटेको छ । यसरी घटेको नेप्से २५१०.७३ विन्दुमा झरेको छ । नेप्से २.९९ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १३.२८ अंकले घटेर ४७१.९१ विन्दुम पुगेको छ ।
कुल २२१ कम्पनीको शेयर कारोबार भएको छ । ९५ लाख ७२ हजार कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार ६६६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । आज पनि कारोबारमा नबिल बैंक सबैभन्दा अगाडी देखिएको छ । बैंकको ११ करोड १२ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।









त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड… 




