
कठमाडौं, ५ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य नेपाल स्टक उक्सचेन्ज (नेप्से)मा समायोजन भएको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेपछि बैंकको शेयरमूल्य शुक्रबार नेप्सेमा समायोजन भएको हो । नेप्सेले बैंकको १० प्रतिशत बोनस शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेमा समायोजन भएपछि बैंकको शेयरमूल्य प्रतिकित्ता ३३४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । बिहिबारको अन्तिम कारोबार प्रतिकित्ता ३६८ रुपैयाँ रहेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते काठमाडौं लैनचौरस्थिर लैनचौर ब्यांकेटमा १७ औं साधारण सभा बोलाएको छ । सभामा बैंकको हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांशसहित १०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको छ ।
बैंकको नयाँ समायोजन भएको शेयरमूल्यको आधारमा आईतबार, कात्तिक ७ गतेदेखि कारोबार खुल्ने हुने भएको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




