सुनकाे भाउ स्थिर, चाँदीकाे घट्याे

-



     सफल आवाज    
     कार्तिक ५ गते २०७८ मा प्रकाशित



कठमाडौं, ५ कात्तिक । साताको कारोबार हुने अन्तिम दिन शुक्रबार आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने सामान्य गिरावट भएको छ । सुनको भाउ बिहिबारकै ९१ हजार ७०० रुपैया कायम भएको छ । चाँदीमा सामान्य १० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ शुक्रबार स्थिर रहि बिहिबारकै मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार पनि तेजाबी सुन सोहि मूल्यका कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा भने १० रुपैयाँले गिरावट भई प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।