मिर्मिरे लघुवित्तको सिइओमा पुष्कर राज जोशी नियुक्त

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७८ मा प्रकाशित



काठमाडाैं, ०७ कार्तिक । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले पुष्कर राज जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

उहाँलाई यहि कार्तिक ०८ गते बाट लागु हुनेगरि आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको संस्थाले जनाएको छ। संस्थाको २२१ औं सञ्चालक समितिको बैठकले उहाँलाई नियुक्त गरेको हो।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले स्वेच्छिक अवकाश लिए पश्चात खालि रहेको पदमा जोशीलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा संस्थाले नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो ।

बैंकिङ क्षेत्रका एक अनुभवी बैंकर जोशीले कञ्चन डेभलपमेन्ट बैंक र  भार्गव विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्नुभएकाे थियाे । जोशीले पछिल्लो समय साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । जोशी संग २३ वर्ष भन्दा लामो अवधिको बैंकिङ अनुभव रहेको संस्थाले जानकारी दिएको छ।