
मार्तडी, ७ कात्तिक । बाजुरा जिल्लाका सबै पालिकाको ६९ वडामा आजदेखि एकैसाथ छ महिनादेखि ५९ महिना मुनिका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ ।
आजदेखि भोलि सोमबारसम्म सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका १६ हजार बालबालिकालाई सो क्याप्सुल खुवाउने कार्यक्रम रहेको बाजुरा जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले राससलाई जानकारी दिनुभएको छ । उहाँका अनुसार बालबालिकालाई खुवाइने भिटामिन ‘ए’ स्थानीय तहका सामुदायिक स्वास्थ्य केन्द्र, इकाइ र स्वास्थ्य चौकीमा पुगिसकेको छ ।
सोही कार्यक्रममा पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने र यसका लागि जिल्लाभरका महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।
स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । यसभन्दा पहिले कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




