२७.५१ अंकले बढ्यो नेप्से, कारोबारमा आइसिएफसि फाइनान्स अब्बल

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ कात्तिक । साताको पहिलो दिन आईतबार शेयर बजारमा हरियाली छाएको छ । एउटा उपसमूह बाहेक बाँकी १२ वटैमा हरियाली छाएको हो । यसदिन व्यापार उपसमूहरुको १.०७ प्रतिशतले घटेको छ । फाइनान्स उपसमूहको ४.११ प्रतिशतले बृद्धि भएको छ । कारोबार रकममा भने खासै बृद्धि भएको देखिएन ।

नेप्से परिसूचक २७.५१ अंकले बढेर २५८४ विन्दुमा पुगेको छ । नेप्सेमा १.०८ प्रतिशतको बृद्धि देखिएको छ भने सेन्सेटिभ इण्डेक्स ७.२४ अंकले बढेर ४९०.६८ विन्दुमा पुगेको छ ।

कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ । ५८ लाख १८ हजार २५ कित्ता शेयरेको खरिदबिक्रीबाट २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

तेह्र उपसमूहमध्ये व्यापार उपसमूहमा रातो लागेको छ । यो समूहको शेयर घटेको छ । बाँकी बाह्ववटै उपसमूहको शेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आइसिएफसि फाइनान्सको कारोबार भएको छ । फाइनान्सको १५ करोड ९१ लाख ८६ हजार ६०५ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।