सामलिङ्ग पावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

-



     सफल आवाज    
     कार्तिक ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ कात्तिक । सामलिङ्ग पावर कम्पनीको आइपीओमा आवेदन दिन आज अन्तिम मौका रहेको छ । कम्पनीले कात्तिक ४ गते सर्वसाधारणका लागि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

बिक्रीका लागि ल्याईएको कुल शेयरमध्ये १४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि रहेको छ । ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आजसम्म आवेदन दिन सक्नेछन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले बताए अनुसार आईतबारसम्म १७ लाख ५८ हजार ४५० आवेदककाे २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयरका लागि आवेदन परिसकेको छ । जो सर्वसाधारण जनताका लागि छुटयाईएको ६ लाख ७८ हजार ९०० कित्ताको ३१.१३ गुणा बढी हो ।

शेयर लगानीकर्ताले कम्तिमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।