सुनचाँदीको भाउ उकालो लाग्दै, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     कार्तिक ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ कात्तिक । साताको दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सुन र चाँदीको भाउमा बृद्धि भएको छ । सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा सामान्य ५ रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।