
दैलेख, १९ भदौ । महावु–कालिकोट–जुम्ला–मुगु–डोल्पा हुँदै चीनको नाम्चेनाग्ला जोड्ने त्रिदेशीय महत्व बोकेको महावु सडक खण्डको कालोपत्रेका लागि रु ८ करोड बढीको ठेक्का आह्वान गरिएको छ । संघ सरकारको सडक डिभिजन कार्यालय सुर्खेतमार्फत निर्माणका लागि ठेक्का खोलिएको हो ।
सदरमुकाम आसपास हुँदै महावु खण्डको स्तरोउन्नतिका लागि पहिलो चरणको ठेक्का खुलाइएको सुर्खेत सडक डिभिजन कार्यालयका सूचना अधिकारी देवेन्द्र भट्टराईले जानकारी दिए । त्रिदेशीय सडकअन्तर्गत निर्माणका लागि गत वर्ष प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकास कोषको रु ६ करोडबाट कालोपत्रे शुरु गरेका थिए ।
गत वर्ष निर्माण व्यवसायीले काम नसकेपछि जिम्मेवारी लिएका निर्माण कम्पनीलाई नै काम पूरा गर्न ६ महिनाको म्याद दिईने भएको छ । सोही अवधिमा काम सम्पन्न भए मात्र भुक्तानी दिने गरी अर्थ मन्त्रालयमा प्रक्रिया थालनी गरिएको प्रतिनिधिसभा सदस्य शर्माले जानकारी दिएको रासस लेखेकाे छ ।








काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र…
पोखरा, ५ मंसिर । पोखरामा विद्यार्थी छात्र–छात्रा तथा खुला महिला–पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न… 




