
काठमाडौं, ९ कात्तिक । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि शेयर बजारमा हरियाली छाएको छ । सूचकहरुकासाथ कारोबार रकममा पनि बृद्धि भएको छ ।
अघिल्लो दिन सोमबार नेप्सेमा आएको सकारात्मक परिवर्तनले के नेप्सेमा रौनकता छाएको हो ? भन्ने लगानीकर्ताहरुको प्रश्नमा आजको पुनः दोहोरिएको हरियालीले झन् हौसला बढाईदिएको छ ।
नेप्से परिसूचक ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा चढेको छ । नेप्से २.९५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ११.५० अंकले बढेर ५१६.०७ विन्दुमा पुगेको छ ।
कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये बैंकिङ उपसमूहतर्फ २.४४ प्रतिशतको बृद्धि देखिएको छ । व्यापारतर्फ २.७६ प्रतिशत, होटल तथा पर्यटन उपसमूहतर्फ ७.५१ प्रतिशतले बृद्धि भएको छ । विकास बैंकतर्फ ३.७७ प्रतिशतले, हाइड्रोपावरतर्फ ४.३३ प्रतिशतले, फाइनान्सतर्फ ५.६१ प्रतिशतले, नीर्जिवन बीमातर्फ २.६५ प्रतिशत, उत्पादनतर्फ २.७८ प्रतिशत, अन्यतर्फ २.४६ प्रतिशत, माइक्रोफाइनान्सतर्फ १.३ प्रतिशत, जीवन बीमातर्फ ३.३४ प्रतिशतले, म्युचुअल फण्डतर्फ १.३५ प्रतिशतले र लगानी उपसमूहतर्फ ४.५ प्रतिशतले बृद्धि भएको छ ।
करोबारको आधारमा सबैभन्दा बढी कामना सेवा विकास बैंकको कारोबार भएको छ । बैंकको ४४ करोड ७४ लाख ५७ हजार ७४६ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
संयोगले कामना सेवा विकास बैंकको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन पनि हो । बैंकले १९.४७ प्रतिशत लाभांश वितरणको लागि कात्तिक २३ गते १५ औं साधारण सभा पनि डाकिसकेको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




