
काठमाडौं, १० कात्तिक । साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा तथा शेयर आम्दानी बढेको छ ।
यस आर्थिक वर्षको असोज मसान्तसम्म साधना लघुवित्तको ३ करोड २९ लाख ८ हजार रुपैयाँ खुद नाफा भएको छ । यो नाफा अघिल्लो वर्षको यहि अवधिकोभन्दा ८८.३९ प्रतिशत बढी हो । गएको वर्ष सोहि अवधिमा संस्थाले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तकाे खुद ब्याज आम्दानी र संचालन नाफा बढेको छ । योसंगै खुद नाफा बढेको हो । संस्थाको जगेडा कोष १०६.८९ प्रतिशले बढेको छ भने सापटी ४८.५८ प्रतिशत, निक्षेप ७१.३३ प्रतिशत र कर्जा प्रवाह ६९.९५ प्रतिशतले बढेको छ ।
साधनाको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म बढेको नाफासंगै प्रतिशेयर आम्दानी पनि बढेको छ । प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ८ पैसाबाट बढेर ५१ रुपैयाँ २२ पैसा भएको छ । प्रतिशेयर १९ रुपैयाँ १४ पैसा बढेको हो । यस्तै संस्थाको मूल्य आम्दानी अनुपात ३५.८५ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ १० पैसा रहेको छ ।








काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका… 




