साहज उर्जा र तेह्रथुम पावर कम्पनीको शेयर सूचीकृत

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको शेयर सूचीकृत भएको छ । शेयर सूचीकृत भएकाहरुमा साहज उर्जा कम्पनी तथा तेह्रथुम पावर कम्पनी रहेका छन् ।

बिहिबार साहस उर्जा कम्पनीको ३ करोड ५० लाख कित्ता सूचीकृत भएको छ । तेह्रथुम पावरको ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

साहज उर्जा कम्पनीले पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता १३५ रुपैयाँ ११ पैसादेखि बढीमा ४०५ रुपैया ३३ पैसा ओपनिङ रेन्ज पाएको छ । आईतबारबाट एसएएचएएस संकेतमा कम्पनीको शेयर कारोबार शुरु हुनेछ ।

यस्तै तेह्रथुम पावर कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ८४ रुपैयाँ ७४ पैसादेखि २५४ रुपैयाँ २२ पैसा सम्मको ओपनिङ दिईएको छ । कम्पनीको संकेत टिपिसी रहेको छ ।