
काठमाडौं, ११ कात्तिक । साताको कारोबार हुने अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको बृद्धिले लगानीकर्ताहरुको मन केहि खुसी भएको छ । यसले उनीहरुको मनोबल बढेको छ ।
उसो त लगातार शेयर बजार उकालो लागिरहेकोमा यो हप्ताको अन्तिम दिनको हरियालीले शुभ संकेत दिएको आँकलन गरिएको छ । तर कारोबार रकम अघिल्लो दिनकोभन्दा केहि कम भएको छ । १३ उपसमूहहरुमध्येमा ६ वटाले रातो पाएका छन् भने बाँकीमा हरियो लागेको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक १३.०४ अंकले बृद्धि भएको छ । यसरी बढेको नेप्से २८०० विन्दुमामा भने पुग्न सकेन र २७८२.१६ विन्दुसम्म उक्लियो । नेप्से ०.४७ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ४.४२ अंकले बृद्धि भएर ५२०.९८ विन्दुमा पुगेको छ ।
कुल २२२ कम्पनीको शेयर कारोबार भएको छ । ९२ लाख ३६ हजार ६१३ कित्ता शेयरको खरिदबिक्री भएको छ । यसबाट ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहिबार १३ उपसमूहमध्ये ६ वटा उपसमूहले गुमाएका छन् । उनीहरुको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, उत्पादन, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहमा रातो लागेको छ । उनीहरु सबैको शेयर घटेको छ ।
उता विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, अन्य, माइक्रोफाइनान्स र लगानी उपसमूहहरुमा हरियो लागेको छ । उनीहरु सबैको शेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको २९ करोड १९ लाख ५ हजार ३१६ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।











काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




