महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । नेपाली अटो बजारमा ट्रियो लिथियम आइओन संचालित इलेक्ट्रिक थ्री ह्विलर अटो सार्वजनिक गरिएको छ । सो अटोलाई महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको महिन्द्र ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको शोरुम मूल्य ८ लाख ४० हजार तोकिएको छ ।

महिन्द्रा ट्रियो अटो भारतको बेंगलुरुमा उत्पादन भईरहेको छ । यो अटो नेपालको मधेशमा लक्षित गरिएका क्षेत्रमा गुडाउने तयारीका लागि बुकिङ शुरु भईसकेको बताईएको छ । यो अटोलाई महिन्द्राको अधिकृत बिक्रेता ईभी वितरक अग्नि इनर्जीले बिक्र वितरण गर्दैछ । बिक्रेताका अनुसार यसका ग्राहकले पेट्रोल अटोकोभन्दा वार्षिक कम्तिमा २ लाख बचत गर्न सक्नेछन् ।

महिन्द्रा मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले वातावरणमैत्री तथा दीगोपनाका लागि राम्रो भएको बताएका छन् । नेपाल सरकारले विद्युतीय सवारीसाधनलाई बढावा दिएकोले आफुहरुले विद्युतीय थ्री ह्विलर अटो सार्वजनिक गरेको उनले बताए ।