
काठमाडौं, १२ कात्तिक । चन्द्रागिरी हिल्स लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको पहिलो त्रैमाससम्मको वित्तीय विवरणले गत वर्षकोभन्दा आर्थिक नोक्सानी कम भएको पाईएको छ ।
यस आर्थिक वर्षको असोज महिनाको अन्त्यसम्म कम्पनीकोे ३ करोड ८७ लाख २१ हजार रुपैयाँ नोक्सान भएको छ । गएको वर्ष सोहि अवधिमा कम्पनीको घाटा ८ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।
पछिल्लो क्रममा कोरोना भाईरसको संक्रमणको कारण लागू गरिएको निषेधाज्ञालाई खुला गरेसंगै ३ करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको जनाईएको छ । यस आर्थिक वर्षको सोहि अवधिमा ९१ लाख ३३ हजार धनात्मक देखिएको छ ।
कम्पनीले असोज महिनाको अनत्यसम्म ८ करोड १५ लाख संचालन आम्दानी गरेको छ । गएको वर्षमा कम्पनीको आम्दानी ४४ लाख २० हजार रहेको थियो ।
चुक्ता पूँजी १३.६४ प्रतिशत बढेको छ । जगेडा कोषमा ४३ करोड २२ लाख ऋणात्मक रहेको छ । प्रतिशेयर आम्दानी १० रुपैयाँ १० पैसा ऋणात्मक रहेको छ भने नेटवर्थ ७१ रुपैयाँ ८२ पैसा छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



