मध्य भोटेकाशीको शेयर बाँढफाँड सकियाे, कस्ले कति पाए ?

-



     सफल आवाज    
     कार्तिक १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ कात्तिक । मध्य भोटेकोशी जलविद्युत कम्पनीको ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणलाई आज बाँढफाँड गरिएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २० गतेदेखि असोज २५ गतेसम्म बिक्रीमा ल्याईएको ९० लाख कित्ता शेयरमध्ये सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ता बाँढफाँड गरिएको हो ।

कुल शेयरबाट ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको थियो । ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेको थियो । बाँकी रहेको ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडिएको हो ।

कम्पनीको शेयरका लागि २३ लाख ९० हजार २१८ जना लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन पेश गरेका थिए । त्यसमध्ये ९५ हजार ७२२ आवेदनहरु अस्वीकृत भएका थिए । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन रहेका थिए । तीमध्ये पनि ८ लाख १९ हजार आवेदकले मात्रै १० कित्ताका दरले शेयर हात पारेका छन् । बाँकी सबैको हात खालि भएको छ