फेरि घट्यो सुन र चाँदीको भाउ,कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     कार्तिक १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ कात्तिक । साताको कारोबार हुने छैटौं तथा अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ फेरि ओरालो लागेको छ । यसदिन छापावाला सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले गिरावट भई प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन बिहिबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा सामान्य ५ रुपैयाँले गिरावट भएको छ । चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।