
काठमाडौं, १४ कात्तिक । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउमा गिरावट आएको छ । छापावाला सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि तोकेको नयाँ दरअनुसार छपावाला सुन रुपैयाँ ३०० ले घटेर प्रतितोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको छ । यसरी घटेको चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




