
काठमाडौं, १९ भदौ । नेपालमा शुक्रबार १ हजार ३ सय ५९ जना कोरोना संक्रमित थप भएका छन् । २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले गएको २४ घण्टामा ४ सय ६४ महिला र ८ सय ९५ जना पुरुष गरी कुल १ हजार ३ सय ५९ जना कोरोना संक्रमित थप भएको जानकारी दिएका हुन् ।
यस्तै, काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा काठमाडौं जिल्लाका ३ सय ८६, भक्तपुरका ३६ र ललितपुरका ३२ जना छन् । नेपालमा शुक्रबार थपसहित कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
हाल देशभर क्वारेन्टाइनमा ६ हजार ५ सय ६१ जना बसेका छन् । यस्तै, आइसीयूमा १ सय ५१ जना र भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको छ । गएको २४ घण्टामा १ हजार ३ सय ५४ जना निको भइ घर फर्केका छन् । हालसम्म निको हुनेको संख्या २५ हजार ५ सय ६१ रहेको छ ।
५ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १२ वटा छन् । जसमा मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही हुन् । यस्तै, ताप्लेजुङ, सोलुखुम्बु, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ जिल्लामा संक्रमित शून्य छ ।
१४ जनाको मृत्यु
गएको २४ घण्टामा नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये महिला ४ जना र पुरुष १० जना छन् । काठमाडौं उपत्यकाकै ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला छन्।
पुरुषहरुमा सप्तरीका ५५ वर्षका २ जना, धनुषाका ६५, कास्कीका ३५, नवलरासीका ३७, प्यूठानका ५८, रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय हुन् ।
यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




