शेयर बजार फेरि ओरालो लाग्यो, कारोबारमा महालक्ष्मी विकास बैंक अगाडी

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ कात्तिक । साताको शेयर कारोबार हुने दोश्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । यसअघि लगातार ६ दिन हरियाली छाएको शेयर बजार आज फेरि राताम्मै हुँदा लगानीकर्ताहरु सोचमग्न भएका छन् ।

नेप्से परिसूचक १७.७५ अंकले घटेको छ । यसरी घटेको नेप्से २८१९.८६ विन्दुमा झरेको छ । नेप्सेमा ०.६३ प्रतिशत गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स १.८८ अंकले घटेर ५२८.५८ विन्दुमा रहेको छ ।

कुल २२६ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयरको कारोबारबाट ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जम्मा १३ उपसमूहमध्ये बैंकिङ, होटल तथा पर्यटन र लगानी उपसमूह बाहेक बाँकी १० उपसमूहहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।