निरन्तर उकालो लाग्दै सुनचाँदीको भाउ

-



     सफल आवाज    
     कार्तिक १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ कात्तिक । नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर उकालो लागेको छ । साताको कारोबार हुने तेश्रो दिन मंगलबार छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।