
कठमाडौं, १६ कात्तिक । साताको तेश्रो दिन मंगलबार शेयर बजारमा हरियाली फर्किएको छ । सांस्कृतिक पर्व तिहार आरम्भको दिनको रुपमा लिईने धनतेरसको दिन शेयर बजारमा हरियाली छाउँदा लगानीकर्तामा उत्साह थपिएको छ । अघिल्ला ६ दिन नेप्सेमा लगातार बृद्धि हुँदा हिजो भने दोहोरो अंकले घटेको थियो ।
यो अवधिमा विभिन्न कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । कतिपय कम्पनीहरुले यस आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यसले शेयर बजारलाई उकालोतिर लैजाने आँकलन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक २३.७६ अंकले बढेर २८४३.६२ विन्दुमा पुगेको छ । नेप्सेमा ०.८४ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.८४ अंकले बढेर ५३१.४२ विन्दुमा पुगेको छ ।
कुल २३० कम्पनीको शेयर कारोबार भएको छ । ९९ लाख ७७ हजार ४८३ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ७ करोड ३ ७ लाख १६ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये बैंकिङ, व्यापार तथा लगानी उपसमूहले गुमाएका छन् । उनीहरुको शेयर घटेको छ । बाँकी १० उपसमूहमा हरियाली छाएको छ । उनीहरुमा व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फण्ड रहेका छन् ।
कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंक अब्बल देखिएको छ । बैंकको ४६ करोड ९७ लाख २३ हजार ४१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




