नबिल बैंकले गर्यो सबैभन्दा बढी लाभांश घोषणा, बोनस र नगद कति ?

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । बैंकिङ क्षेत्रमा छुट्टै पहिचान बनाएको नबिल बैंकले आफ्ना शेयरधनीहरुको लागि आकर्षक लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंक संचालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस शेयर तथा करको प्रयोजनार्थ ४.४ प्रतिशत नगदसहित ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत वर्षको मुनाफाबाट सबैभन्दा बढी लाभांश वितरण घोषणा गर्ने वाणिज्य बैंकहरुमध्ये नबिल बैंकको लाभांश घोषणा सबैभन्दा धेरै हो । उक्त लाभांश वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्कीकृत भएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने भएको छ ।

नबिल बैंकले आर्थिक वर्ष २०७६/०७७ मा ३३.५ प्रतिशत बोनस तथा १.७६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।