ह्वात्तै घट्यो सुन र चाँदीको भाउ

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । साताको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाला सुनमा प्रति तोला ५०० का दरले तथा चाँदीमा २५ रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा ५०० रुपैयाँले गिरावट भई प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा यसदिन २५ रुपैयाँले गिरावट भई प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २५० रुपैयामा खरिदबिक्री भएको थियो ।