
काठमाडौं, १७ कात्तिक । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेप्से ५.२२ अंकले बढेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.५२ अंकले घटेर ५३०.८९ विन्दुमा रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा उक्लेको छ । नेप्से ०.१८ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.५२ अंकले घटेर ५३०.८९ विन्दुमा रहेको छ ।
कुल २२९ कम्पनीको शेयर कारोबार भएको छ । ९९ लाख ९५ हजार ५२२ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ५ कम्पनीले शेयर गुमाएका छन् । बाँकी रहेका ८ कम्पनीमा मात्रै हरियाली लागेको छ । उनीहरु सबैको शेयर बढेको छ । बैंकिङ, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन, अन्य, माइक्रोफाइनान्स र म्यचुअल फण्डतर्फ शेयर बढेको छ ।व्यापार, होटल तथा पर्यटन, नीर्जिवन बीमा, जीवन बीमा र लगानी उपसमूहमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ ।
कारोबारको आधारमा नबिल बैंक अब्बल देखिएको छ । बैंकको सबैभन्दा बढी १ अर्ब १७ करोड ९७ लाख ८६ हजार १७९ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




