थप १ सय ४३ जनामा कोभिड सङ्क्रमण पुष्टि

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७८ मा प्रकाशित



काठमाडाैं, २१ कार्तिक । पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन विधिबाट गरिएको २ हजार ३३३ नमूना परीक्षणमा उक्त नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ९ जनाको मृत्यु भएको छ भने ५ सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमित ७ हजार ७ सय १३ रहेकाे बताइएकाे छ ।