सुनमा एकैदिन १५०० ले बृद्धि

-



     सफल आवाज    
     कार्तिक २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ कात्तिक । साताको कारोबार हुने दोश्रो दिन सोमबार छपावाला सुनमा एकैदिन भारि मात्रामा बृद्धि भएको छ । छापावाला सुनमा १५०० रुपैयाँ तथा चाँदीमा २५ रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा १५०० रुपैयाँले बृद्धि भएर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक १८ गते छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन यसदिन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघधका अनुसार यसदिन चाँदीको भाउ २५ रुपैयाँले बृद्धि भएको छ । यसरी बढेको चाँदी प्रतितोला १ हजार २० रुपैयाँमा कारोबार भएको छ । कात्तिक १८ मा चाँदी स्थिर रहि प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।