
काठमाडौं, २२ कात्तिक । तिहारपछि खुलेको शेयर बजारमा साताको कारोबार हुने दोश्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । तीन उपसमूह बाहेक बाँकी १० उपसमूहहरु राताम्मै भएका छन् । कारोबार रकममा पनि गिरावट भएको छ ।
नेप्से परिसूचक १९.२० अंकले घटेको छ । यसरी घटेको नेप्से २८२९.६४ विन्दुमा झरेको छ । नेप्सेमा ०.६७ प्रतिशत गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.७१ अंकले घटेर ५२८.३७ विन्दुमा रहेको छ ।
कुल २३० कम्पनीको शेयर कारोबार भएको छ । ७३ लाख ७ हजार ३९६ कित्ता शेयरको कारोबारबाट ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज तीन उपसमूह फाइनान्स, म्युचुअल फण्ड र लगानी उपसमूहमा मात्रै हरियो लागेको छ । उनीहरुको शेयर बढेको छ । बाँकी सबै १० उपसमूहमा रातो लागेको छ । उनीहरु सबैको शेयर घटेको छ ।
बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूह राताम्मै भएका छन् ।
कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको ५२ करोड १० लाख ३ हजार ५९० रुपैया ९० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




