रुपन्देहीमा २ संक्रमितको मृत्यु

-



     सफल आवाज    
     भाद्र २० गते २०७७ मा प्रकाशित



बुटवल, २० भदौ । बुटवलको कोरोना विशेष अस्पतालमा थप २ जना कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ ।

नवलपरासी प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे मृत्य भएको हो । उनी भदौ १७ मा अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै, बुटवल उपमहानगरपालिका वडा–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । ती पुरुष गत भदौ १५ मा अस्पताल भर्ना भएका थिए ।

दुवैजनाको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।