
काठमाडौं, २३ कात्तिक । साताको कारोबार हुने तेश्रो दिन मंगलबार छापावाला सुनको भाउ घटेको छ । सोमबार एकैदिन रुपैयाँ १५०० ले उकालो लागेको छापावाला सुनको भाउ आज रुपैयाँ २०० ले घटेको हो । चाँदीको भाउ भने यसदिन स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको भाउ रुपैयाँ २०० ले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लाे दिन सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ भने आज स्थिर रहेको छ । चाँदी स्थिर रहि सोमबारकै भाउ प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




