
कठमाडौं, २४ कात्तिक । साताको चौथो दिन बुधबार आज शेयर बजार बन्द रहेको छ । यसदिन महत्वपूर्ण पर्व छठ परेकोले नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । पर्व विशेष सार्वजनिक बिदाका कारण शेयर बजारमा कारोबार बन्द भएको हो ।
शेयर बजार बिहिबार पूर्वान्ह ११ बजे खुल्ने भएको छ । मंगलबार नेप्से परिसूचक ७९.७९ अंकले घटेको थियो । यसरी घटेको नेप्से २७४९.८६ विन्दुमा पुगेर रोकिएको थियो । सो दिन ६ अर्ब ५२ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।
कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको थियो ।
कुल १३ उपसमूहहरु सबै राताम्मै भएका थिए । सबैको शेयर घटेको थियो । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहसहित सबैको शेयर घटेको हो ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




