फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

- ग्यासको मूल्य प्रतिसिलिन्डर रु १५ सय ७५ र पेट्रोलको मूल्य प्रतिलिटर रु १३६

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । सरकारले आजदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर रु ३ ले बढाइएको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले राति १२ वजेदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ७५ बढाएर १५ सय ७५ पुगेको छ । पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य रु ११९ कायम भएको छ ।

आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर रु पाँच बढेर १०१ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेकोे निगमका सहप्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समायोजन मूल्यपछि पनि १५ दिनमा निगमलाई दुई अर्ब ६२ करोड घाटा हुने जारी विज्ञप्तिमा भनिएको छ । निगगले यही कात्तिक १२ गते पनि इन्धनको मूल्यवृद्धि गरेको थियो ।