
काठमाडौं, २५ कात्तिक । साताको कारोबार हुने पाँचौ दिन बिहिबार शेयर बजार राताम्मै भएको छ । योसहित लगातार साताको अन्तिम कारोबार हुने दिन आज पनि नेप्सेको यात्रा ओरालोतिरै गयो ।
बिदाको कारण यो साता नेप्सेमा तीनदिन मात्रै कारोबार भएको छ । यी तिनैवटै दिनमा नेप्से ओरालो लाग्यो । नेप्सेमा देखिएको नकारात्मक असरले लगानीकर्ताहरुको उत्साह घटाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ५९.५७ अंकले गिरावट भई २६९०.२९ विन्दुमा झरेको छ । नेप्सेमा २.१७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १०.६३ अंकले घटेर ५०२.१९ विन्दुमा रहेको छ ।
कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ । ९४ लाख ७५ हजार ९३६ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको ४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।










धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




