
काठमाडौं, २६ कात्तिक । सुनचाँदीको भाउ आज पनि उकालो लागेको छ । साताको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको हो । छपावाला सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएर प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार छापावाला सुनमा रुपैयाँ १३०० ले बृद्धि भएर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बृद्धि भई प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




