१४ प्रतिशत लाभांश अनुमोदन गर्दै सकियो माछापुच्छ्रे बैंकको साधारण सभा

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ कात्तिक । माछापुच्छ्रे बैंकको २३ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १४ प्रतिशत लाभांशको प्रस्तावलाई अनुमोदन गरेको छ । जस्मा १३.३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश रहेको छ ।

पोखराको पार्दीस्थित होटल ग्राण्डमा आयोजना गरिएको साधारण सभाले आर्थिक वर्ष २०७८, ०७९ को संचालन समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, २०७८ साल असार अन्त्यसम्मको वासलात, नाफा नोक्सान बाँडफाँड, नगद प्रवाह लगायतका एजेण्डाहरु पारित गरेको छ ।

सभाबाट रिक्त रहेको संचालक समितिको पदमा बाँकी कार्यकालका लागि संचालकहरु नियुक्तीको प्रस्तावलाई अनुमोदन गरिएकाे छ ।

गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी १७.७६ रुपैयाँ रहेकोमा चुक्ता पूँजी ९ अर्ब ५ करोड रहेको छ । जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

बैंकले हालसम्म १६२ वटा शाखा कार्यालयहरुबाट सेवा दिईरहेको छ । बैंकका १५४ शाखारहित बैंकिङ सेवा रहेका छन् । दुवै सेवा गरी ३९६ स्थानबाट बैंकिङ सेवा दिईदै आएको छ । यसका साथै बैंकका देशभर २०० एटिएमबाट ग्राहकले सेवा लिईरहेका छन् ।