
काठमाडौं, २८ कात्तिक । अरुण काबेली पावर लिमिटेडले यस आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको सार्वजनिक भएको वित्तीय विवरणका अनुसार समिक्षा अवधिमा गत वर्षकोभन्दा १९.३५ प्रतिशतले नाफा बढेको छ । अघिल्ला आर्थिक वर्षको सोहि समयमा कम्पनीको नाफा ११ करोड ३५ लाख रुपैयाँ मात्रै थियो ।
सार्वजनिक वित्तीय विवरणका अनुसार विद्युतकाे बिक्रीबाट भएको आम्दानी १८.४९ प्रतिशतले बढेको छ । यसरी बढेको रकम २६ करोड ६९ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्षमा कम्पनीको आम्दानी २२ करोड ५२ लाख रहेको थियो ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ५८ करोड रहेको छ । जगेडा कोषमा १०६.३४ प्रतिशतले बढेको छ । जो ४२ करोड ५० लाख पुगेको छ । अघिल्लो पटक कोषमा २० करोड ६० लाख रहेको थियो ।
प्रतिशेयर आम्दानी ३४.१५ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १४.०६ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६.८१ रुपैयाँ रहेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




